images

‘जीटुजी’ मार्फत मल ल्याउने सम्भावना न्यून

काठमाडौं । भारतको अवरोधका कारण ‘जीटुजी’ प्रक्रियाबाट मल ल्याउने सम्भावना कम हुँदै गएको छ ।

एक वर्ष अघि सम्झौता भएपनि भारतबाट मलआउन सकेको छैन । नेपालले सन् २०२१–२२ मा एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल ल्याउनु पर्नेमा अहिलेसम्म जम्मा ३० हजार मेट्रिक टन युरिया मात्र आयात भएको छ ।

ग्लोबल टेन्डरबाट मल आयातगर्न ढिलाई हुने भएकाले जीटुजी फास्ट ट्रयाकबाट रासायनिक मल ल्याउने गरी गत फागुनमा नेपाल सरकार भारत सरकारबीच सम्झौता भएको थियो ।

भारतले कानुनीरुपले दुःख दिएकाले जीटुजी मल आउने सम्भावना कम रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । जीटुजी प्रक्रियाबाट ढेड लाख मेट्रिक टन मल ल्याउने सम्झौता भएता पनि भारतको अवरोधका कारण अहिलेसम्म ३० हजार मेट्रिक टन युरिया मात्र आयात भएको छ ।

मन्त्रालयका अनुसार गतवर्ष सम्झौता अनुसार भारतबाट पाँचवर्षमा ५ लाख ६५ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी मल आउनुपर्ने हो । यो अनुसार गतवर्ष (सन् २०२१–२२ मा) युरिया एक लाख मेट्रिक टन र डिएपी ५० हजार टन आउनुपर्ने थियो, तर आएन ।