
काठमाडौं । प्रतिनिधिसभाको बैठक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै बस्ने भएको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक चैत ५ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ मा हुँदैछ । अब राष्ट्रपति र उपराष्ट्रपति चयन भएपछि मात्रै बस्ने गरी प्रतिनिधिसभा बैठक बोलाइएको हो ।