images

तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो दिन दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर एक लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार १५ रूपैयाँले बढेर १ हजार २७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।