
काठमाण्डौं । बुधवार शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ ।
शेयर बजार परिसूचक नेप्से बुधवार २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा झरेको हो ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै अपर तामाकोसीको ८ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै बोटलर्स नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।