काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिगको उपाधि जितेको छ ।
शनिबार भएको खेलमा राजस्थान एफसीलाई ४-० गोल अन्तरले हराउँदै पन्जाब च्याम्पियन बनेको हो ।
पन्जाबको जितमा यस त्रिपाठी, लुका मज्सिन, जुवान मेरा र ह्मिन्ग्थानमावाले एक एक गोल गरे ।
जितसँगै पन्जाबले २१ खेल ४९ अंक जोड्दै उपाधि जितेको हो ।
लिगको उपाधिसँगै पन्जाब इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा भएको छ ।