
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । र, खेल बराबरीमा सकिएको हो ।
बराबरीमा रोकिएसँगै दुबै टोलीले पहिलो खेलमा १-१ अंक बाडेका छन् ।