images

सरोज उपाध्यायको आज अन्त्येष्टी गरिदैं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सरोज उपाध्यायको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

उपाध्यायको पार्थिव शरीरलाई आज दिउँसो १ देखि ३ बजेसम्म काठमाडौंको मिनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम रहेको छ ।

गत शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको उपचारका क्रममा निधन भएको थियो ।

दिवङ्गत उपाध्याय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाई हुन् ।