images

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहालविरुद्धको द्वन्द्व पीडितहरूले संयुक्त रूपमा दिएको निवेदन दर्ता भएको हो ।

यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो । रिट दर्ता भएपछि सर्वोच्च अदालतले बिहीबारका लागि पेसीसमेत तोकेको छ ।

प्रचण्डले तीन वर्षअघि माओवादी युद्धका क्रममा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा लिन्छु भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

सर्वोच्चमा मुद्दा दर्ता हुनुअघि आजै बिहान बसेको माओवादी धारका नेताहरूको बैठकले शान्ति सम्झौताविरुद्धका गतिविधिको प्रतिवाद गर्न एकमत रहेको निर्णय गरेको थियो ।