
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन एक हजार रूपैयाँले घटेर कारोबार भइरहेको छ । त्यसैगरि चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर एक लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख १ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ४० रूपैयाँले घटेर १ हजार २२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।