images

तोलामा आठ सयले बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा आठ सय रुपैयाँले बढेको छ ।

२ दिन निरन्तर ओरालो लागेको सुनको मुल्य आज भने आठ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंङ्गले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १ हजार रहेको छापावाला सुनको मूल्य आज तोलामा ८ सय बढेर १ लाख १ हजार ८ सय पुगेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलामा ८ सयले बढेको छ । बिहीबार १ लाख ५ सय रहेको तेजावी सुनको मूल्य आज बढेर १ लाख १ हजार ३ सय पुगेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला चाँदीको मूल्य १ हजार २ सय २० रहेको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।