images

माओवादी घटक एक ठाउँमा, २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

काठमाडौं । माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिए ।

अन्तर्क्रिया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निर्णय भएको छ ।

द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा दालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलनमार्फत् भनिने नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले बताए ।

अन्तर्क्रिया पनि यही विषयमा केन्द्रित हुने उनको भनाइ छ । अन्तर्क्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् ।