images

एमालेकी अष्टलक्ष्मी शाक्यले गराइन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु पनि संघीय संसद भवन पुगेका थिए ।

उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।