images

एकै दिन १७ सयले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ।

तोलामा १७ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ। महासंघले आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको जानकारी दिएको छ।

यससँगै, चाँदीको मूल्य तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको शुक्रबार चाँदीको मूल्य तोलााम १ हजार २२० रुपैयाँ कायम थियो।