images
images

करिब २७ अंकले घट्यो नेप्से, १ अर्ब ६६ करोड माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार करिब २७ अंकले घटेको छ। करिब १ अर्ब ६६ करोड ६९ लाख माथिको कारोबार हुँदा नेप्से परिसूचक २६ दशमलव ८० अंकले गिरावट आएको हो।

आइतबार सबै उपसूचकहरु राताम्मे भएका छन्। जसले गर्दा २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ।

त्यस्तै, ६ वटा कम्पनीको भने मूल्य स्थिर रहेको छ। आइतबार सबैभन्दा धेरै गुमाउनेमा बीमा कम्पनी रहेका छन्। जीवन बिमा कम्पनी उपसूचक करिब १३९ अंकले घटेको छ भने निर्जिवन बीमा कम्पनी ११७ अंकले घटेको छ। त्यस्तै, लघुवित्त उपसूचक करिब ३० अंकले, विद्युत ३८ अंकले, विकास बैंक ४६ अंकले, होटल तथा पर्यटन क्षेत्र ३१ अंकले घटेको छ।

आइतबार धेरै कमाउने कम्पनीहरुमा क्रमश शुभम् पावर लिमिटेड, नबिल डिभेन्चर, यूनीक नेपाल लघुवित्त, नदिप लघुवित्त र गरिम डिभेन्चर रहेका छन्।

त्यस्तै, धेरै गुमाउनेमा गुडबिलको फाइनान्सको डिभेन्चर, हिमालयन बैंक, नेपाल इन्स्यूरेन्स, खप्तड लघुवित्त र आदर्श लघुवित्त रहेका छन्।