images

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाला सुनको मूल्य तोलामा ६ सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला सुुनको मूल्य तोलामा १ लाख ३ हजार ५ सय रहेको थियो । भने आज मूल्य वृद्धि भइ १ लाख ४ हजार ४ हजार १ सय पुगेको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य १ लाख ३ हजार ६ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ५५ रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार २ सय २५ रहेको थियो ।