
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार प्रतितोला एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १६ सय रूपैयाँले बढेर एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले बढेर १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।