images

त्रिचन्द्र क्याम्पसमा तोडफोड

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ ।

स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार विद्यार्थीको एक समूहले क्याम्पस तोडफोड गरेको हो ।

त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको छैन । तोडफोडमा नेपाल विद्यार्थी संघ नेविसंघसहितका विद्यार्थीको संलग्नता रहेको आशंका गरिएको छ । भर्नाको विषयमा विवाद हुँदा क्याम्पसले निर्वाचन अघि बढाउन सकेको छैन् ।

विद्यार्थीहरूको समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षका कुर्सीरटेबल तोडफोड गरेका छन् ।