images

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार ३०० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।