
काठमाडौं। यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ ।
गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजनाएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० रुपैयाँ थियो । यस्तै, सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ कायम छ ।
साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको छ ।
आइतबार एकैदिन तोलामा १७ सयले बढेको थियो । यस्तै, सोमबार ६०० रुपैयाँ र मंगलबार १६ सय रुपैयाँले बढेको थियो । यसका साथै, बुधबार स्थिर रहेको सुनको मूल्य विहीबार १ हजारले बढ्नुका साथै शुक्रबार ४०० रुपैयाँले बढेको थियो ।
यो साता चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य निरन्तर बढेर १३ सय १० रुपैयाँ पुगेको छ । यसबीचमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको हो ।