
काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ ।
यसअघि, सुनको उच्च मूल्यको किर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो ।
आज भने तोलामै १ लाख १० हजार रुपैयाँ पुगेको हो । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ ।
सुनको भाउ अझै बढ्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अस्थिरता, बेरोजगारीलगायतका कारण सुनको भाउ बढेको हो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।