
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।
सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ।
तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।