images

एकैदिन दुई हजारले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले घटेको छ ।

मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार चाँदी तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।