
काठमाडौं । साताको पहिलो कारोबार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।
आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुक्रबार तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो।
सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।