images

सन्दीप लामिछानेको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुँदै

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको अन्तिम सुनुवाईका लागि पेशी तोकेको हो ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि सन्दीप पुस २९ गते थुनामुक्त भएका थिए ।