images

उपनिर्वाचनमा गठबन्धन नगर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी वैशाख १० गते हुने तीनवटै क्षेत्रको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ ।

वैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएपछि पद गुम्दा खाली भएको थियो भने तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको हो ।

उपनिर्वाचन हुने तीनवटै निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने र गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनले तीनवटै उपनिर्वाचनका लागि उम्मेदवार छान्न पार्टी कमिटीका तल्लो तहलाई निर्देशन दिइसकेको बताए ।

चैत २० गते उम्मेदवारी दर्ताको समय तोकिएकाले १९ गतेभित्र टुङ्गो लगाउने गुरुङको भनाइ छ ।