images

थ्री नेसन्स कपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गतको दोस्रो खेलमा नेपालले आज मंगलबार भुटानको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।

भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २-१ ले हराएको थियो । भुटानलाई भने फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।

नेपालले १ खेलमा ३ अंक जोडेको छ । लाओसको पनि ३ अंक रहेको छ । भुटानले अंक जोड्न सकेको छैन ।