images

कोशी नामकरण विवाद : प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २० जना घाइते

काठमाडौं । कोशी प्रदेशको नामाकरण भएको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप हुँदा २० जनाभन्दा धेरै घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा र इँटाले लागेर १५ जना सुरक्षाकर्मी घाइते भएका छन्।

कोशी प्रदेश नामाकरणको विरोधमा भइरहेको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्जसँगै केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

झडपका क्रममा भिडलाई तितरवितर बनाउन ४४ सेल अश्रु ग्यास र १७ राउन्ड हवाइफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रदर्शन र कोणसभा सकेर प्रदर्शनकारी फर्किएपछि विराटनगरको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् ।