images

मन्त्रालय भागबन्डामा प्रधानमन्त्रीको जवाफ कुर्दै नेकपा एस, मन्त्रीको नाम तयार, तीन मन्त्रालयमा दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्रीको जवाफ कुरिरहेको छ ।

बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको जनाएको छ ।

मन्त्रालयको समेत टुंगो नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताए ।

पार्टी प्रवक्तासमेत रहनुभएका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरु तयार भएर बसेको स्पष्ट पारे ।