images

यो साता प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । यो साता नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो । जबकी, हिजो शुक्रबारसम्म आइपुग्दा घटेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य ६०० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० ले घटेको सुनको भाउ मंगलबार १ हजार रुपैयाँले घटेको थियो । यस्तै, बुधबार ५०० रुपैयाँले बढे पनि बिहीबार पुन ३०० ले घटेको सुनको भाउ शुक्रबार एकै दिन १ हजार रुपैयाँले बढेको थियो ।

यस्तै, यो साता चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सयको आँकडा छोएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य साताभरमा ४० रुपैयाँले बढेको हो ।