images

हवाई क्षेत्रका समस्या तत्काल समाधान गर्न सांसद पौडेलको माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भिर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।

कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरु अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गरे । सांसद पौडेलले सो समस्यालाई गम्भिरपूर्वक लिन पनि सरकारलाई सचेत गराएका छन् ।

सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।