images

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं। वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार चितवन–२, तनहु–१ र बारा–२ मा बैशाख १० मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन लागेको हो ।

जसका लागि आयोगले यसअघि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । जसअनुसार उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आआफनो उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।