images

‘ए’ डिभिजन लिग : छैटौं चरणका खेलहरु आजबाट शुरु

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट शुरु हुँदैछ । आज दुई खेलहरु हुँदैछ ।

आज हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो २ बजे च्यासल मैदानमा हुनेछ ।

एपीएफ ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । जित विहीन पुलिस पहिलो ३ अंकको योजनामा रहेको छ ।

यस्तै दोस्रो खेलमा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । संकटा र खुमलटारबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

संकटा ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । खुमलटार ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।