images

राताम्मे सेयर बजार, १ अर्ब पनि पुगेन कारोबार रकम

काठमाडौं । अर्थमन्त्रीमा कांग्रेस नेता डा.प्रकाशशरण महत नियुक्त भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ ।

अर्थमन्त्री नहुँदा अन्योलमा रहेका सेयर लगानीकर्ता नयाँ अर्थमन्त्री आएपछि पनि आश्वस्त हुन नसक्दा लगातरा दोस्रो दिन पनि सेयर बजारमा गिरावट भएको हो । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १६ दशमलव ६७ अंक अर्थात शून्य दशमलव ८८ प्रतिशतले गिरावट हुँदा १८ सय ७१ दशमलव ८८ अंकमा बन्द भएको छ ।

व्यापार उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । घट्दो बजारमा कारोबार रकम पनि घटेको छ । गत सातको अन्तिम दुई दिन १ अर्ब तल झरेको कारोबार रकम आइतबार बढेर १ अर्ब २० करोड नाघेको थियो । तर, सोमबार बजारमा कारोबार रकम घटेर पुनः ९२ करोड २ लाख रुपैयाँमा झरेको छ ।

२७ हजार ४५४ वटा कारोबारमा २८ लाख २९ हजार ४२६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड ६३ लाखको कारोबार भएको छ ।