images

‘ए’ डिभिजन लिग : जावलाखेलद्वारा सातदोबाटो २-१ गोल अन्तरले पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आजको खेलमा जावलाखेल युथ क्लब शीर्ष स्थान उक्लिएको छ ।

मंगलबार भएको खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो ।

जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे ।

सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए । जावलाखेलको यो चौंथो जित हो । जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ ।

सातदोबाटो ६ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।