images

घट्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

निगमले सोमबार हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले कटौती गरेको थियो । सोअनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि ७ हजार ५ सय १० तिर्नुपर्थ्यो भने अब ७ हजार ७० भाडादर कायम गरिएको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा ३४५ घटेर अधिकतम भाडा ५ हजार ४ सय ९० कायम भएको छ ।

काठमाडौं–भद्रपुर रुटमा ३ सय, विराटनगरमा २ सय ४०, जनकपुरका लागि १ सय ३०, पोखराका लागि १ सय ५५, भरतपुरका लागि १ सय १०, भैरहवाको २ सय ५, नेपालगञ्जका लागि १ सय ८५ र सुर्खेतका लागि ३ सय ४५ हवाई भाडादर घटेको छ ।