images

बालविवाह गर्दै गरेको अवस्थामा दाङमा तीन जना पक्राउ

काठमाडौं । दाङमा बालविवाह गरेको आरोपमा प्रहरीले किशोर किशोरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

विवाह गर्दै गरेको अवस्थामा प्रहरीले विवाह गराउन सहयोग गरेको आशङ्कामा दुलहीकी काकी नाता पर्ने ३७ वर्षीया एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।

प्रहरीले बङ्गलाचुली गाउँपालिका ४ गहतेराकी १५ वर्षीया किशोरी, वडा नम्बर ८ हाँसिपुर स्यालाका १६ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको प्रहरी जनाएको छ ।