images

‘ए’ डिभिजन लिगमा आज दुई खेल, मनाङ र फ्रेन्ड्स तथा खुमलटार र जावलाखेल भिड्दै

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् ।

लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको छैटौं चरणको अन्तिम खेल अन्तर्गत रहेको मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

मनाङ आज चौंथो जितको योजनामा हुनेछ । मनाङ ५ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स दोस्रो जितको खोजीमा रहेको छ । फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको सातौं चरण अन्तर्गत रहेको दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । खुमलटार तेस्रो जितको खोजीमा हुनेछ ।

खुमलटार ६ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । जावलाखेल पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल ६ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।