images

ओलम्पिक छनोट : नेपाल र भियतनामबीच दोस्रो खेल आज

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणअन्तर्गत नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ ।

नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ ले पराजित गरेको थियो ।

शनिबार हुने खेलमा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । भियतनाम भने नेपाललाई हराएर दोस्रो चरणमा पुग्न चाहन्छ ।

नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा चार गोल अन्तरले हराउनुपर्नेछ ।