images

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच दिउँसो पौने ४ बजे गोहावाटीमा प्रतिस्पर्धा हुनेछ ।

राजस्थान दोस्रो तथा दिल्ली पहिलो जितको खोजीमा रहने छन् ।

त्यस्तै, दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई ईन्डियन्सबीच राति पौने ८ बजे वांनखडे क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

चेन्नाई दोस्रो तथा मुम्बई पहिलो जितको खोजीमा रहने छन् ।