images

‘ए’ डिभिजन लिग : सातौं चरणमा आएर पुलिसको पहिलो जित

काठमाडौं । सहिद ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो ।

पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे । विदेशी खेलाडी मोसेसले एक गोल थपे ।

फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए । पुलिसले सातौं चरणमा आएर पहिलो जित निकालेको हो ।

जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ ।