
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको दाबी गरे । उनले जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गरे । उनले आफू यसबिरुद्ध न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताएका छन् ।
सांसद श्रेष्ठले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो पार्नका लागि यस्तो गरेको बताएका छन् ।