images

ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

नापी विभागकका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट आज आइतबार बिहान पक्राउ गरिएको हो ।

ललिता निवास जग्गा हिनामिनामा श्रेष्ठको नाम पनि जोडिएको थियो । उनी अमिन भएका बेला ललिता निवासको जग्गा नापजाँच गरेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा यस अघि १९ जना पक्राउ परिसकेका छन् ।