images

मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौं । अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल–४ कालिकास्थान भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी सोही ठाउँका २२ बर्षिय बृख बिकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा अन्य २३ जना घाइते भएको छन् ।