images
images

कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा आज कार्कीले पदबहाली गर्दै

काठमाडौं । सर्वोच्च अदालतले उद्दव थापालाई कोसी प्रदेशका मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै हिक्मत कार्कीले आज पदबहाली गर्दै छन्।

यसअघि मुख्यमन्त्री रहेका कार्कीले दोस्रोपटक मुख्यमन्त्रीमा शुक्रबार प्रदेश प्रमुखबाट काम चलाउ मुख्यमन्त्रीमा आज पदबहाली गर्ने भएका हुन्।

कार्की साउन १७ गतेसम्म प्रदेशको कामचलाउ मुख्यमन्त्री रहने छन्। सर्वोच्चले १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्ने गरी प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख कार्यालयलाई आदेश समेत गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिन आदेश दिएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS