
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ ।
लगातार बढेर तोलाको एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ आज शुक्रवार भने घटेको हो ।
सुन आज तोलामा नौ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ ।
यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।