images

नेकपा एसको तीनै तहका बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएका छन् ।

यसअघि नेकपा एसले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।

तर, तयारी नपुगेको भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरेको हो । प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले आवश्यक तयारी नपुगेकाले एक साता पछि बस्ने गरी तीनवटै बैठक स्थगित गरिएको बताए ।