images

प्रधानमन्त्री दाहाल र ओलीबीच संसदको अवरोध हटाउने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक आह्वान गरेका छन् ।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदापनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।