
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेर १ लाख १२ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार नौं सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।