images

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकमा पेस हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिने बताइएको छ । केन्द्रीय समिति बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने छन् । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्नेछन् ।

यसैगरि नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ । पार्टीभित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि पदाधिकारी बैठक गरेको निर्णयबाट माओवादी पछि हटेको हो ।

यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।