images

सुनको भाउ आज तोलामा ६ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको ने महासंघले जनाएको छ ।